श्रीलंकालाई एसिया कपको उपाधि

श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७ रन बनायो । 


पाकिस्तानका लागि मोहम्द रिजवानले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिकर अहमदले ३२ रन बनाउँदा त्यस बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका लागि बलिङतर्फ प्रमोद मदुसनले सर्वाधिक चार किवेट लिए । त्यस्तै वानिन्दु हर्शरंगाले तीन विकेट लिए । 



यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजापाछ्यले ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै वानिन्दु हर्शरंगाले ३६ रन बनाउँदा धनन्जय डी शिल्भाले २८ रनको योगदान गरे । पाकिस्तानका लागि हरिष राउफले तीन विकेट लिए ।



योसँगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि अन्तिम पटक सन् २००८ मा उपाधि जितेको थियो । यता पाकिस्तान भने तेस्रोपटक उपाधि जित्ने मौकाबाट चुकेको छ ।



Comments

Popular Posts