डेंगी संक्रमणबारे रोचक तथ्य
डेंगी संक्रमणबारे रोचक तथ्य
डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।
डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।
डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगीबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
डेंगीसम्बन्धी अनौठा तथ्यहरू-
–डेंगी भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।–एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै डेंगीबाट संक्रमित हुन्छ ।
–डेंगी संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगी नै हो ।
– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगी संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्निस अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।
Comments
Post a Comment